fbpx

पटक–पटक ट्रोलको शिकार बन्दै प्रियंका

विराटनगर, १८ कात्तिक । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा आजभोलि दिल्लीमा छिन् । आस्थ्मा भएका कारण दिल्लीमा वायु प्रदूषण बढेसंगै उनलाई निकै समस्या भइरहेको देखिन्छ । यसै क्रममा उनले मास्क लगाएको एउटा तस्वीर आफ्नो औपचारिक सामाजिक सन्जाल इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

aa

प्रियंकाले मास्क लगाएको तस्वीर इन्स्टाग्राममा राख्दै दिल्लीमा प्रदुषणका कारण आफूलाई निकै समस्या भएको र आफ्ना प्रशंसकलाई पनि प्रदूषणबाट बच्न अनुरोध गरेर लेखेकी थिइन् । तर, फोटो हेरेर उनका प्रशंसकले उनि माथि नै ट्रोल गर्न थालेका छन् ।

प्रशंसकले उनले चुरोट खाएको स्मरण गराउँदै अनेक थोक लेखेका छन् । चुरोट खाँदा असर पुगेन र भन्दै अहिले आफ्नो फ्यानहरुको अगाडि उनि निकै आलोचित बन्न पुगेकी छन् । सन् २०१० मा आफूलाई आस्थ्मा भएकाले आफू र आफूजस्तै अरु बिरामीलाई धुवाँले असर गर्छ भनेर चुरोट तान्नु गलत हो भनेर बताएकी थिइन् ।

तर, जुलाई १८ मा जन्मदिनको आयोजित पार्टीमा आफ्ना पति निक र आमा मधुसित चुरोट तानेको फोटो सामाजिक संजालमा सार्वजनिक भएसंगै प्रियंकाको धेरै ट्रोल बनेको थियो ।

Loading...