birat ribon

अन्नपूर्ण हाम्रो गोल्डकप : सिक्किमविरुद्ध बेलबारी ११ लाई अग्रता

Neuro
अन्नपूर्ण हाम्रो गोल्डकप : सिक्किमविरुद्ध बेलबारी ११ लाई अग्रता

विर्तामोड १७ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपअन्तर्गत अहिले तेस्रो खेल भइरहेको छ । जारी खेलको पहिलो हाफसम्म आइपुग्दा आक्रमक फुटबल क्लब सिक्किमविरुद्ध बेलबारी १–० गोलले अग्रता बनाएको छ ।

cura insider

विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा भइरहेको उक्त खेलमा बेलबारीका लागि किरण लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले खेलको तेस्रो मिनेटमा गोल गर्दै पहिलो हाफभरि बेलबारीलाई १–० गोलको अग्रता बनाए ।

यी दुईबीचको विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । सिक्किम आज दोस्रो जित निकाल्ने दाउमा छ भने बेलबारी भने सुखद सुरुआत गर्ने योजनामा छ । सिक्कमले उद्घाटन खेलमा आयोजक जायोन स्पोर्ट्स क्लबलाई हराएको थियो । आयोजक जायोन स्पोर्ट्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतीय क्लब सिक्किम आक्रामक क्वार्टरफाइनल प्रवेश गरेको हो ।

आइतबार भएको दोस्रो खेलमा झापा ११ लाई पराजित गर्दै नेपाल पुलिस क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । जायन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कोशी अनलाइनले गरिरहेको छ ।

jackson ribon