fbpx

विनोदले अर्धशतक प्रहार गरेपछि एमसीसीमाथि नेपालको सहज जित

काठमाडौं, १८ कात्तिक । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध जित निकालेको छ । नेपाल भ्रमणमा रहेको एमसीसीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपालले जित ५ विकेटको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा मात्र ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालको जितमा विनोद भण्डारीले अर्धशतक प्रहार गरे । उनले अविजित रहँदै ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै पवन सर्राफ ३८ रनमा अविजित रहे ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको एमसीसीले ३९.२ ओभरमा अलआउट हुँदै २ सर १ रन बनाएको थियो । एमसीसीका लागि विल रोडसले ५४ रन बनाउँदा विल्ली गोड्लम्यानले ५२ रन बनाए । बलिङतर्फ नेपालका लागि ललितनारायण राजवंशी र पवन सर्राफले समान ४–४ विकेट लिँदा अविनाश बोहरा र करण केसीले समान १–१ विकेट लिए ।

यो जितसँगै नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले नेपाललाई जित दिलाए । अब नेपालले बुधबारबाट एमसीसीसँग तीन दिवसीय खेल खेल्नेछ ।

Loading...