birat ribon

रियल मड्रिडले मेरा लागि प्रतीक्षा गर्नुपर्छ : एम्बाप्पे

Neuro
रियल मड्रिडले मेरा लागि प्रतीक्षा गर्नुपर्छ : एम्बाप्पे

एजेन्सी, १८ कात्तिक । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार किलियन एम्बाप्पे पछिल्लो समय रियल मड्रिड जाने विषयमा चर्चामा छन् । फ्रान्सलाई रसिया विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका उनलाई भित्र्याउन स्पेनिस क्लब रियलले पनि इच्छा देखाएको मिडियाहरूको रिपोर्टमा उल्लेख गरिएको छ ।

cura insider

aa

तर, एम्बाप्पेले भने आफ्ना लागि रियलले प्रतीक्षा गर्नुपर्ने बताएका छन् । मोनाकोका पूर्वप्रशिक्षक भाडिम भालिल्येभका अनुसार एम्बाप्पेले रियलले आफ्नो लागि केही समय प्रतीक्षा गर्नुपर्ने बताएका हुन् । भाडिम भालिल्येभले एक अन्तर्वार्ताका क्रममा आफ्ना पूर्वखेलाडी एम्बाप्पेको विषयमा बोलेका थिए ।

उनले एम्बाप्पले आफूलाई सो कुरा बताएको जनाउँदै भनेका छन्, ‘रियल जाने चर्चाबीच मैले एम्बाप्पेलाई किन रियलमा अनुबन्ध हुन्नौ ? भनेर सोधेको थिएँ । तर, उनले जवाफमा भनेः मेरो विचारमा यति चाँडो त्यहाँ जानु ठीक होइन, किनकी म एक पेरिसियन हुँ । म आफ्नो देशलाई त्यत्तिकै छोडेर अन्यत्र जान चाहन्न । म यहाँबाट नै एक महान खेलाडी बन्न चाहन्छु । बरु मलाई रियलले केही समय प्रतीक्षा गर्नुपर्छ ।’

भालिल्येरले भने, ‘उनको जवाफमा मलाई ठीक लाग्यो, उनी जित्न र महान खेलाडी बन्न चाहान्छन् । उनी पेरिसमै रहेर च्याम्पियन्स लिग जित्न चाहान्छन् । यो नै उत्तम हो । तर, उनी ठूलो क्लब गएमा उनको यो इच्छा चाँडै पूरा हुनेछ ।’

jackson ribon