birat ribon

नेकपाद्वारा ७ जना प्रदेश प्रमुखको नाम सिफारिस

Neuro
नेकपाद्वारा ७ जना प्रदेश प्रमुखको नाम सिफारिस

काठमाडौं, १८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७ जना प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका प्रदेश प्रमुखहरूको नाम सिफारिस गरेको हो ।

cura insider

जसमा चितवनका अमिक शेरचन, कास्कीका सोममाथ अधिकारी, बाँकेका तिलक परियार, सिरहाका धर्मनाथ यादव, झापाका विष्णु प्रसाइँ, काठमाडौंका शर्मिला त्रिपाठी र डडेल्धुराका गोविन्द कलौनी रहेका छन् । यद्यपि, को कुन प्रदेशको भन्ने विषय टुंगो नलागेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।

आइतबार दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सिफारिस गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन् । सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा १६५ को उपधारा (१) खण्ड ख बमोजिम पदमुक्त गरेकी हुन् ।

jackson ribon