fbpx

प्रदेश प्रमुख तुम्बाहाङको बिदाइ

बिदाइपछि बोल्दै तुम्बाहाङले भने, ‘सरकारको निर्णय स्वभाविक’

विराटनगर, १७ कात्तिक । सरकारले प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि एक नम्बर प्रदेशका प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङको बिदाइ गरिएको छ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सोमबार तुम्बाहाङको बिदाइ गरेका हुन् ।

aa

बिदाइ भएपछि तुम्बाहाङले सरकारको निर्णय स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘सरकारको निर्णयलाई मैले स्वभाविक रूपमा लिएको छु । यति लामो अवधिसम्म प्रदेश प्रमुख भइएला भनेर सोचेको थिइँन ।’ उनले आफू आज ४ बजे नै काठमाडौं जाने पनि सुनाए ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन् । सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा १६५ को उपधारा (१) खण्ड ख बमोजिम पदमुक्त गरेकी हुन् ।

Loading...