fbpx

अध्ययनको निष्कर्ष : बालबालिकाहरूलाई नियमित घरबाहिर लैजानुपर्छ

विराटनगर, १८ कात्तिक । कम्प्युटर र टिभीको युगमा अनलाइन गेम, सामाजिक सञ्जाल तथा मोबाइलका कारण केटाकेटीहरू घरबाट निस्केर साथीहरूसँग भेट्न तथा खेल्न पनि भुलिसकेका छन् । आजकल स्कुलहरूमा पनि पढाइका साथै खेलकुद र शारीरिक गतिविधिहरू गराउन थालिएको छ ।

hh

तर, स्कुलमा हुने खेलकुद र शारीरिक गतिविधिले मात्र बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग नहुने एक नयाँ अध्ययनले देखाएको छ । राइस युनिभर्सिटीकी लारा कबिरीसहितका शोधकर्ताले शरीरको व्यायाम तथा शरीरको सक्रियताका राम्रो जीवनशैलीका लागि जरुरी छ’ भन्नेबारे लामो अनुसन्धान गरेका हुन् ।

अध्ययनका अनुसार अभिभावकले आफ्ना बालबाकिाहरूलाई प्रत्येक दिन शारीरिक गतिविधिका लागि समय दिनुपर्छ । त्यसैले, केटाकेटीहरूलाई नियमित घरबाट बाहिर लैजानु पर्छ । घरबाहिर लैजाँदा केटाकेटी फ्रेस रहन्छन् । केटाकेटीहरूलाई दैडिन, छिमेकीका केटाकेटीसँग खेल्न र साइकल चलाउन तथा अन्य खेलहरू खेल्न दिनुपर्छ ।

साइकल चलाउने, पौडी खेल्नेदेखि लिएर दौडिनेसम्मका क्रियाकलाप घरबाहिर गरिने उत्तम व्यायाम हुन् । यस्ता विभिन्न प्रकारका खेलका दैरान शरीरमा अतिरिक्त क्यालोरी खर्च हुने हुँदा शरीरमा ग्लुकोजको स्तर पनि ठीक मात्रामा रहन्छ । घरबाहिर खेल्न निस्किँदा आफ्नो आसपासको वातावरण र माहोलको पनि जानकारी पाउने गर्छन् ।

Loading...