birat ribon

बायर्न म्यूनिखका प्रशिक्षक कोभाक बर्खास्त

Neuro
बायर्न म्यूनिखका प्रशिक्षक कोभाक बर्खास्त

एजेन्सी, १८ कात्तिक । जर्मन क्लब बायर्न म्युनिखका प्रशिक्षक निको कोभाक मुख्य प्रशिक्षकबाट बर्खास्तीमा परेका छन् । बुन्डेसलिगाअन्तर्गत शनिबार रातिको खेलमा लज्जास्पद हार ब्यहोरेपछि क्लबले उनलाई प्रशिक्षकबाट बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

cura insider

साबिक विजेतासमेत रहेको बायर्नले शनिबार राति फ्रान्कफर्टसँग ५–१ गोलको लज्जास्पद हार व्यहोरेको थियो । अवे मैदानमा भएको उक्त खेलमा हारेसँगै बायर्न लिगको चौथो स्थानमा झरेको थियो ।

सो हारपछि उनलाई क्लबले बर्खास्त गरेको समाचारमा जनाइएको छ । उनी बायर्नका पूर्वमिडफिल्डरसमेत हुन् । कोभाकले १८ महिनाअघि मात्र क्लब सम्हालेका थिए । उनले गत सिजन बायर्नलाई बुन्डेस लिगा उपाधि दिलाएका थिए ।

jackson ribon