fbpx

घट्यो सुनको भाउ

विराटनगर, १८ कात्तिक । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबारको मूल्यअनुसार सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७१ हजार रुपैयाँले कारोबार भएको हो । यसअघि आइतबार सुनको मूल्य तोलामा ७१ हजार २ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७० हजारमा ७ सयमा कारोबार भएको छ । महासंघले चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

Loading...