fbpx

निधारमा टीका लगाउँदा विभिन्न रोगबाट मुक्ति पाइने

विराटनगर, १८ कात्तिक । हिन्दू धर्ममा निधारमा रातो टीका लगाउने परम्परा छ । कुनै पनि शुभकार्यका लागि, पूजामा, मन्दिरमा भगवानको दर्शन गरेपछि, चाडपर्वमा तथा केही राम्रो काम गरेपछि निधारमा टीका लगाउने चलन पहिलादेखि नै चलिआएको छ ।

योगी तथा साधुहरूले पनि ध्यान सुरु गर्नुभन्दा अगाडि निधारमा टीका लगाउँछन् । निधारमा टीका लगाउनुको पछाडि धार्मिक तथ्यहरू मात्र नभएर वैज्ञानिक आधारहरू पनि रहेका छन् । हाम्रो निधारमा पिट्यूटरी ग्रन्थी हुन्छ । टीका लगाउने गर्दा निधारमा भएको पिट्यूटरी ग्रन्थी सक्रिय हुन्छ र शरीरबाट अल्छीपना दूर हुँदै जान्छ ।

aa

यसका साथै दिमागी शक्तिहरूको विकास भएर विभिन्न मानसिक तनावहरूबाट समेत मुक्ति मिल्छ । निधारमा नियमित रूपमा टीका लगाउँदा पिट्यूटरी ग्रन्थीका साथसाथै दिमागमा भएका अनेकौं नशाहरू पनि सक्रिय हुन्छन् । जसले गर्दा हामीलाई इनसोमनिया तथा साइनस ( पिनास) जस्ता रोगहरू लाग्न दिँदैन । निधारमा आज्ञा चक्रमा उपस्थित पिण्डमा जोडिएका सबै नशाहरूको समूह पनि हुन्छ ।

यसरी नियमित रुपले टीका लगाउँदा मस्तिष्क शान्त रहनुका साथै मानिसक एकाग्रता बढ्छ र काममा पनि मन लाग्छ । धेरै जसोले निधारमा हल्दीको चन्दन लगाउने समेत गर्छन् । हल्दीमा एन्टी ब्याक्टेरिय तत्त्व हुन्छ जसले त्वचालाई शुद्ध राखी रोगबाट मुक्त राख्न मद्दत गर्छ ।

Loading...