fbpx

बुढीगंगा दुर्घटना अपडेट : बसले लेन छोड्दा डाक्टर बुबा र नर्स छोरीको ज्यान गयो

विराटनगर, १८ कात्तिक । कोशी राजमार्गको मोरङको बुढीगंगा गाउँपालिका–१ खण्डमा भएको सवारी दुर्घटनामा बस चालकको गल्ती देखिएको प्रहरीले बताएको छ । सोमबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटसरसाइकलमा सवार चिकित्सक बाबु र स्टाफ नर्स छोरीको मृत्यु भएको थियो ।

aa

दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बसले लेन मिचेर गएका दुर्घटना भएको बताएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक राजकुमार खिइजूका अनुसार बसले लेन मिचेका कारण विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलाई ठक्कर दिएको थियो । विराटनगरदेखि तरहरासम्म कोशी राजमार्ग छ लेनको बनाउने काम जारी छ ।

साघुँरो कालोपत्रे सडकमा तीब्र गतिमा आएको बसले लेन मिचेका कारण विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा परी बुढीगंगा गाउँपालिका–५ का डिउटीका लागि विरानगर आउँदै गरेका आँखा रोग विशेषज्ञ डाक्टर ५२ वर्षीय डाक्टर शुभलाल माझी र उनको छोरी २६ वर्षीया अञ्जलीकुमारी माझीको मृत्यु भएको हो ।

को१ख ७२३२ नम्बरको यात्रुबाहक बसले विपरीत बाबु छोरी सवार को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि भागेको गाडी निमुवा प्रहरी चौकी पुगेर रोकिएको थियो । दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । सिराह धनगढी नगरपालिका–१२ घर भएका चालक सञ्जिव खत्रीलाई नियन्त्रणमा लिएको हो ।

बुढीगंगामा सवारी दुर्घटनामा परी बाबु–छोरीको मृत्यु

Loading...