birat ribon

अर्जेन्टिनी खेलाडी भन्छन्, ‘मेस्सीभन्दा रोनाल्डो छिटा खेलाडी हुन्’

Neuro
अर्जेन्टिनी खेलाडी भन्छन्, ‘मेस्सीभन्दा रोनाल्डो छिटा खेलाडी हुन्’

एजेन्सी, १८ कात्तिक । अर्जेन्टिनी खेलाडी तथा म्यानचेस्टर युनाइटेडका पूर्वस्टार कार्लोस टेभेजले स्टार खेलाडी लियोनल मेस्सीभन्दा क्रिष्टियानो रोनाल्डो छिटा खेलाडी भएको बताएका छन् । ३५ वर्षीय खेलाडी टेभेजले ‘गिभ मि स्पोर्ट्स’सँगको अन्तर्वार्ताको बार्सिलोनाका कप्तान लियोनल मेस्सीभन्दा रोनाल्डो छिटा भएको बताएका हुन् ।

हाल बोका जुनियर्सबाट खेलिरहेका टेभेजले दुवै खेलाडीसँग आफ्नो समय ब्यतित गरेका छन् । सन् २०२४ देखि अर्जेन्टिनी राष्ट्रिय टोलीबाट खेलिरहेका टेभेजले युनाइटेडमा २ वर्ष रोनाल्डोसँग एकसाथ खेलेका थिए । सन् २००७ देखि २००९ सम्म युनाइटेडमा बिताएका टेभेजले त्यहाँ छँदा २ वर्ष रोनाल्डोको संगत गरेका थिए । त्यसपछि उनी म्यानचेष्टर सिटीमा गएका थिए ।

cura insider

aa

आफ्नो करियरका क्रममा उनले क्लब ड्युटीमा जति छिटो रिपोर्ट गरे तापनि आफूभन्दा पहिला रोनाल्डो पुगिसक्ने बताएका छन् ।’ टेभेज भने, ‘यदि अभ्यास ९ बजे हुन्थ्यो भने म ८ बजे आउँथे तर रोनाल्डो पहिल्यै पुगिसकेका हुन्थे । उनी जिममा पनि मभन्दा अगाडि नै पुगिसकेको देख्थेँ ।’

‘यदि म ७ः३० मा पुगे पनि उनी पहिल्यै पुगिसकेका हुन्थे । म आफैलाई प्रश्न गर्न थाल्थे यो व्यक्तिसँग मैले कसरी छुट्कारा पाउने ? त्यसैले म एकदिन बिहान ६ बजे नै मैदान पुगेको थिएँ तर पनि रोनाल्डो पहिल्यै मैदानमा थिए र सुतिरहेका थिए ।’

‘तर, लियोनल मेस्सीलाई मैले कहिल्यै पनि जिममा देखिँन । मैले उनलाई बल रोक्ने वा यस किसिमको अभ्यास गरेको कहिल्यै देखिँन । हुनतः यी सब कुराहरु मेस्सीभित्र प्राकृतिक रुपमा छ, तर पेनाल्टीको कुरा गर्दा उनले निकै अभ्यास गर्छन् ।’

उनले थपे, ‘पहिला उनले पेनाल्टी अभ्यास गर्दैन थिए तर अहिले उनले मैदानको जुनसुकै कुनामा पनि पेनाल्टीको अभ्यास गरिरहेको हुन्छ । यसैगरी उनले रोनाल्डो अभ्यासपछि सँधै जिममा देखिने बताए । उनको लागि जिम एउटा अभिन्न अंग भइसकेको छ । हरेक कुरामा बेस्ट रोनाल्डो कुनै पनि काममा छिटो अगाडि पुग्छन् ।’

jackson ribon