birat ribon

भारतको हिमाञ्चलबाट १२ जना नेपाली गाँजासहित पक्राउ

Neuro
भारतको हिमाञ्चलबाट १२ जना नेपाली गाँजासहित पक्राउ

विराटनगर, १८ कात्तिक । भारतको हिमाञ्चल प्रदेशबाट १२ जना नेपाली गाँजासहित पक्राउ परेका छन् । हिमाञ्चल प्रदेशबाट १२ नेपालीसहित ३१ जना लागूऔषध गाँजासहित पक्राउ परेका हुन् ।

cura insider

aa

हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाबाट १२ नेपालीसहित २१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको भारतको समाचार एजेन्सी एएनआईले जनाएको छ । खबरका अनुसार १२ नेपालीमध्ये पाँच जना महिला रहेका छन् । उनीहरू कुल्लु जिल्लाको पार्वती गाउँबाट पक्राउ परेको खबरमा उल्लेख गरिएको छ ।

परेकाहरुबाट २ किलो ९१३ ग्राम गाँजा बरामद भएको कुल्ली प्रहरीका सुपरिटेन्डेन्ट गौरव सिंहले जनाएका छन् । पक्राउ परेका ३१ मध्ये १९ जना स्थानीयबासी रहेको बताइएको छ ।

jackson ribon