fbpx

‘सरौतो’को प्रमोशनल गीतमा भिटेनको र्‍याप

विराटनगर, १८ कात्तिक । चलचित्र ‘सरौतो’को प्रमोशनल गीतमा चर्चित र्‍यापर भिटेन अर्थात् समीर घिसिङ्गले र्‍याप दिने भएका छन् । मंसिर १३ गतेबाट रिलिज हुन लागेको उक्त फिल्मको शीर्ष गीतमा भिटेनको शब्द तथा संगीतका साथै गीतको भिडियोमा भिटेनको पनि अभिनय रहेको छ ।

dfsg

गीतमा भिटेनको साथमा फिल्मका मुख्य कलाकार सुमी मोक्तान र विजय लामा पनि देखिँदैछन् । भिटेनले फिल्मको टिजर हेरेपछि प्रमोशन गीत गाउनका लागि सहमति जनाएको फिल्मका निर्देशक हरि हुमागाँइले बताए । आउँदो शुक्रबार यो गीत सार्वजनिक गर्ने तयारी गरिएको छ । भिटेनको गीतले चलचित्रको चर्चा अझै बढाउनेमा निर्माण टिम विश्वस्त देखिन्छ ।

रिभेन्जको स्टोरीमा आधारित भएर निर्माण भएको एक्सन फिल्म ‘सरौतो’मा सुमी र विजयका साथ अभिनेता सन्नी सिंह, मनिषा पुन मगर, प्रतिक दुलाल, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, राजेश रोय, मनोज तामाङलगायतको कलाकारहरूको अभिनय रहेको छ ।

सुमी फिल्ममा एक्सन र लभर गर्लको भूमिका निर्वाह गरेकी छन् । फिल्म विरन्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स् एण्ड ग्लिटर फिल्म्स स्टुडियोको संयुक्त ब्यानरमा निर्माण भएको हो । राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहेको फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन र शंकर महर्जनको एक्सन रहेको छ ।

Loading...