fbpx

शरीरको तौल घटाउन बेसन अचूक औषधि

विराटनगर, १८ कात्तिक । चनालाई पिसेर बनाइएको बेसनले स्वाद बढाउने मात्र नभएर शरीरलाई आवश्यक सबै पौष्टिक तत्त्व प्रदान गर्न पनि सहयोग गर्दछ । शरीरको तौल बढेर तनावमा हुनु हुन्छ वा आफ्नो तौल घटाउने अभियानमा हुनुहुन्छ भने आफ्नो खानामा बेसन युक्त खानेकुराहरूलाई समेट्न थाल्नुहोस् ।

बेसनमा प्रोटिन, भिटामिन, फाइबर, म्याग्नेसियमको तथा मिनिरल्स प्रचुर मात्रामा पाइन्छ । बेसनमा गहुँको आँटाभन्दा पनि बढी प्रोटिन पाइन्छ । सय ग्राम बेसनमा मात्र पनि २० ग्राम प्रोटिन पाइन्छ । यसले नियमित सेवनले शरीरको मेटाबोलिजमलाई राम्रो गर्न सहयोग गर्छ जसले गर्दा शरीरको अनावश्यक तौल घटाउन सहज हुँदै जान्छ ।

बेसनको सेवनले भोक कम लाग्ने हुँदा खानामा क्लायारीको मात्रा पनि कम भइ शरीरको तौल घट्नमा मद्दत पु¥याउँछ । तौल घट्दै जाँदा शरीरको खराब कोलेस्ट्रोलको स्तर पनि कम भइ मुटुलाई स्वास्थ्य बनाउन पनि सहयोग गर्छ । बेसनमा फोस्फोरस जस्तो महत्वपूर्ण खनिज पनि प्रचुर मात्रामा पाइने हुँदा यसले दाँत तथा हड्डीहरूलाई पनि स्वास्थ्य राख्न सहयोग गर्छ ।

बेसनमा हुने फोलिक एसिडले रगत कम वा पातलो हुने समस्यालाई समाधान गर्छ । बेसन मधुमेह भएका बिरामीहरूका लागि बरदान मानिन्छ । यसको सेवनले पेट भरेको महसुस हुँदा मधुमेहको बिरामीलाई पनि छिनछिनमा लाग्ने भोकको समाधान गर्ने गर्छ ।

Loading...