fbpx

बुढीगंगामा सवारी दुर्घटनामा परी बाबु–छोरीको मृत्यु

विराटनगर, १८ कात्तिक । मोरङको बुढीगंगा गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बुढीगंगा गाँउपालीका–१ मा सोमबार बिहान विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको बसले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरू बाबु–छोरी हुन् ।

aaaa

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को१ख ७२३२ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को२७प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट बुढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय डाक्टर शुभलाल माझी र उनको छोरी २६ वर्षीया अञ्जलीकुमारी माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अञ्जली न्यूरो अस्पतालमा कार्यररत स्टार्फ नर्स हुन् । सुभलाल भने आँखा रोग विशेषज्ञ हुन् । शुभलाल गोल्छा आँखा अस्पतालमा कार्यरत थिए । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको विराट मेडिकल कलेज मृत्यु भएको डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् ।

Loading...