fbpx

ऋचाले दिइन् ब्याचलर पार्टी, छिट्टै लगन गाँठो कस्दै

विराटनगर, १८ कात्तिक । चर्चित नेपाली नायिका ऋचा शर्माको विवाहबारे मिडियामा निकै चर्चा चलिरहेको छ । पटक–पटक विवाहबारे सोधिए पनि आफू केही नबोल्ने बताउँदै आएकी ऋचा यही वर्ष लगन गाँठो कस्ने भएकी छन् ।

aa

केही महिनाअगाडि मात्र एक अन्तर्वार्तामा उनले आफूले जीवन बिताउने जीवनसाथी भेटिसकेको जानकारी दिएकी थिइन् । लामो समयदेखि राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्ष्य राणाको प्रेममा रमाइरहेकी ऋचा आउँदो मंसिरमा दुलही बन्न लागेकी हुन् । तर, मंसिरमा विवाह हुने तय भए पनि विवाहको मिति भने सार्वजनिक गरिएको छैन ।

ऋचा र दिपेक्ष्यलाई परिवारबाट समेत विवाहका लागि अनुमति मिलिसकेपछि ऋचाले विवाहअघि आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी छन् । पोखरामा दिएको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायतको उपस्थिति रहेको थियो । दुलहीझैँ सिंगारिएकी ऋचा निकै खुसी देखिएकी छन् ।

केही समयदेखि नै ऋचाले आफूलाई परिवारबाट विवाहका लागि प्रेसर आइरहेको र अब आफू पनि तयार रहेको बताउँदै आएकी थिइन् । विवाहको विषयमा मिडियासँग कुराकानी गर्दै उनले प्रेमीको नाम लुकाउँदै आफू प्रेममा रहेको भने स्वीकार गरेकी थिइन् । आफ्नो प्रेमी कहिले सार्वजनिक गर्नुहुन्छ भन्ने प्रश्नमा कहिले मौका नमिलेको कारणले कुनै एक विशेष कार्यक्रममार्फत् सार्वजनिक गर्ने बताएकी थिइन् । तर, अहिलेसम्म उनी प्रेमीसँग कुनै सार्वजनिक कार्यक्रममा भेटिएकी छैनन् ।

Loading...