fbpx

एमसीसी र राष्ट्रिय टिमबीचको प्रतिश्पर्धा आज

काठमाडौं १८ कात्तिक । इंग्ल्याण्डका पुरानो क्रिकेट क्लब मेरिलिबोन (एमसीसी) र नेपाली राष्ट्रिय क्रिकेट टिमबीचको मैत्रीपूर्ण प्रतियोगिता सोमबार (आज) हुँदैछ ।

नेपाल भ्रमणमा रहेको टोलीले नेपाली टोलीसँग त्रिवि मैदानमा प्रतिश्पर्धा गर्ने छ । शनिबारदेखि नेपाल भ्रमण रहेको एमसीसीले आइतबार त्रिवि क्रिकेट मैदानमा नेपालको यू १९ क्रिकेट टिमलाई ३८ रनले हराएको थियो ।

नेपाली टिममा नयाँ कप्तान बनेका ज्ञानेन्द्र मल्लको पहिलो कप्तानी प्रदर्शन कस्तो हुन्छ भन्ने सबैको चासो रहेको छ । कप्तान मल्लले एमसीसीविरुद्धको खेलका लागि निकै उत्साहित भएको प्रतिकृया दिए । नेपालले नोभेम्बर १२ देखि बंगलादेशमा सुरु हुन लागेको एसीसी इमर्जिङ कपको तयारी गर्दै अभ्यासका रुपमा आजको खेल खेल्न लागेको हो ।

Loading...