fbpx

स्यानिटाइजरको प्रयोग भन्दा साबुन राम्रो

विराटनगर १८ कात्तिक । समयको व्यस्तताका कारण होस्, पानी नभएको कारण वा सजिलो भएको कारण ह्यान्ड स्यानिटाइजरको प्रयोग अहिले बढ्दो छ । तर, हालै गरेको अनुसन्धानले भने स्यानिटाइजरको प्रयोगले मानव शरीरलाई फाइदाभन्दा बढी नोक्सान पुर्‍याउने गरेको देखाएको छ । पानी विना स्यानिटाइजरको एक थोपाले हत्केलाका सबै कीटाणुलाई मार्छ भन्ने सोचका कारण यसको प्रयोग गरिन्छ ।

स्यानिटाइजरले खराब ब्याक्टेरियाका साथै राम्रो ब्याक्टेरियालाई पनि मारिदिने हुदा यसले रोगप्रतिरोधक क्षमतालाई कम गरिरहेको हुन्छ । मेलबर्न विश्वविद्यालयले हालै गरेको अनुसन्धानका अनुसार धेरैजसो स्यानिटाइजर ६० प्रतिशत अल्कोहलका साथ आउँछन् र कीटाणु पूरै मार्न यो पर्याप्त हुँदैन । अल्कोहल भएका स्यानिटाइजरले सामान्य ब्याक्टेरियालाई सुपरबग बनाइदिन्छ । यदि स्यानिटाइजरमा अल्कोहलको मात्रा कम छ भने ट्राइक्लोस्यानको मात्रा धेरै हुने गर्छ ।

ट्राइक्लोस्यान एक शक्तिशाली एन्टीब्याक्टेरियल एजेन्ट हो जसको नियमित प्रयोगले मानिसलाई एन्टीबायोटिक्सले छुन नसक्ने बनाइन सक्छ । एन्टीबायोटिक्स भन्नले ट्राइक्लोस्यानको प्रयोगले मानिसको सानो तिनो रुघाखोकीमा समेत एन्टीबायोटिकले काम गर्न नसक्ने बनाउने गर्छ । ह्यान्ड स्यानिटाइजरको लगातार प्रयोगले छालालाई सुब्खा बनाइ छालासम्बन्धी अनेक रोग लगाउने काम गर्छ । स्यानिटाइजरको प्रयोग गर्ने बित्तिकै ह्यान्ड लोसन तथा मोइस्चराइजर लगाउनका लागि डाक्टरहरू सल्लाह दिइन्छ ।

धेरैजसो स्यानिटाइजरमा फथालाटेस राखिएको हुन्छ जुन एकदम विषालु हुन्छ । सुँघ्दा वा अन्य माध्यमबाट शरीरमा पुग्दा समेत यसले हानि गरि मानिसलाई नपुंसक समेत बनाउन सक्छ । स्यानिटाइजरको आवश्यकता भन्दा बढी प्रयोग गरेमा एन्टीबायोटिक मात्र नभई अन्य औषधिले पनि शरीरमा नछुने बनाएको छ जसकारण अस्पतालमा बढी नै संक्रमण हुन थालेको छ । अध्ययनका अनुसार स्यानिटाइजर भन्दा पनि साबुनले हात धुनु बढी राम्रो हो ।

Loading...