birat ribon

ला लिगा : बार्सिलोना र रियल मड्रिडसँग सोसिडाडको अंक बराबरी

Neuro
ला लिगा : बार्सिलोना र रियल मड्रिडसँग सोसिडाडको अंक बराबरी

विराटनगर, १८ कात्तिक । स्पेनिस ला लिगामा रियल सोसिडाडले ग्रानडाविरुद्ध जित निकालेको छ । आइतबार राति भएको खेलमा सोसिडाडले ग्रानडाविरुद्ध २–१ गोलको जित निकालेको हो ।

ग्रानडाकै घरेलु मैदानमा भएको उक्त खेलमा सोसिडाडलाई जिताउन पोर्टुले २ गोल गरे । यता, ग्रानडाका लागि भने अल्भारो भाडिलोले एक गोल गरे । पार्टुले खेलको २१औं मिनेटमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर, खेलको ३६औं मिनेटमा भाडिलोले गोल गर्दै खेल बराबरीमा ल्याए । यसैगरी खेलको ८९औं मिनेटमा पोर्टुले गोल गर्दै सोसिडाडलाई जिताए ।

cura insider

यस जितसँगै सोसिडाड एथ्लेटिको मड्रिडलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । उसले २२ अंक बनाउँदै तेस्रो स्थान बनाउँदा एथ्लेटिको २१ अंकसहित चौथो स्थानमा छ । सोसिडाडले शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियल मड्रिडसँग अंक बराबरी गरेको छ । रियल र बार्सिलोनासँग समान २२ अंक छ तर गोलान्तरको आधारमा उनीहरू सोसिडाडभन्दा अगाडि छन् ।

jackson ribon