birat ribon

प्रिमियर लिग : १० खेलाडीमा सीमित टोटनह्याम बराबरीमा रोकियो

Neuro
प्रिमियर लिग : १० खेलाडीमा सीमित टोटनह्याम बराबरीमा रोकियो

विराटनगर, १८ कात्तिक । इंग्लिस प्रिमियर लिगमा उपाधि दाबेदार टोली टोटनह्याम बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम इभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

cura insider

इभर्टनकै घरेलु मैदानमा भएको उक्त खेलमा टोटनह्यामका लागि डेले अलीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको उक्त खेलको ६३औं मिनेटमा गोल गर्दै अलीले खेलमा अग्रता बनाए ।

यस्तै खेलको ७९औं मिनेटमा सन् हिउङ मिनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटनह्याम १० खेलाडीमा सीमित बन्यो । खेलको इन्जुरी समयमा घरेलु टोलीले गोल गर्दै खेल बराबरीमा ल्यायो । इभर्टनका सेन्क टोसुनले गोल गरेपछि दुवै टोलीले बराबरी अंक बाँडे ।

यस बराबरीसँगै ११औं स्थानको टोटनह्यामले १३ अंक बनाएको छ भने १७ औं स्थानको इभर्टनले ११ अंक बनाएको छ ।

jackson ribon