birat ribon

प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ भन्छन् : सचिवलाई बोलाएर बिदा लिए, भोलि हिड्छु ’

Neuro
प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ भन्छन् : सचिवलाई बोलाएर बिदा लिए, भोलि हिड्छु ’

विराटनगर, १७ कात्तिक । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सिफारिस गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिन् ।

cura insider

मन्त्रिपरिषद बैठक सकिएको ८ घण्टा बित्न नपाउँदै प्रदेश प्रमुखलाई पदमुक्त गरेको विज्ञप्ति राष्ट्रपति कार्यालयबाट सार्वजनिक भएलगतै भाइरल बन्यो ।

सरकारको निर्णय सार्वजनिक भएपछि  नेपाली कांग्रेसले असन्तुष्टी जनायो ।

२०७४ साल माघ ३ गते नियुक्त भएका प्रदेश प्रमुखहरुले करिब १९ महिना काम गरे ।

सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा १६५ को उपधारा (१) खण्ड ख बमोजिम पदमुक्त गरेपछि हामीले प्रदेश १ का प्रमुख गोबिन्द तुम्बाहाङलाई सरकारको निर्णय पछि के गर्नुहुन्छ भनेर प्रश्न गर्यौ ।

प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङले सोमबार प्रदेश प्रमुख निवास छाड्ने जानकारी दिए । ‘मैले त मेरो सचिवलाई बोलाएर विदा लिए ।’ टेलिफोन सम्पर्कमा  तुम्बाहाङले भने ‘ बिहानै काठमाडौं जाउ भनेको टिकट पाइएन् बेलुका काठमाडौं जान्छु ।’

प्रदेश प्रमुखहरुको पदमुक्त गर्ने निर्णय प्रति भने तुम्बाहाङले असन्तुष्टी जनाए ।

मंसिर १४ गतेको निर्वाचनका लागि आचारसंहिता लागु भएको अवस्थामा सामान्य कर्मचारीको सरुवा गर्न नपाइने बताउँदै उनले सरकारको निर्णय काुनन अनुसार नभएको संकेत गरे । उनले बर्तमान सरकार ऐन कानुन विपरित चल्न खोजेको बताए ।

संविधानमा राष्ट्रपतिले पदमुक्त गर्न सक्ने भएपनि जतिबेला मन लाग्यो उती बेला पदमुक्त गर्न नमिल्ने उनको भनाई छ । ‘राष्ट्रपतिले पदमुक्त गर्न सक्छ प्रदेश प्रमुखलाई । तर कारण चाहिन्छ’ उनले भने ‘ जतिबेला मन लाग्यो उति बेला निकाल्न पाइदैन् । कानुनी आधार चाहिन्छ भनेर भारतमा त्यहाको सर्वाेच्च अदालतले निर्णय दिएको छ ।’

सरकारले विना कारण हटाएको बताउँदै उनले थपे ‘मलाई किन हटायो, मलाइ नै थाहा छैन् ।’

jackson ribon