birat ribon

मन्त्री परिषदको बैठक भोली बस्ने

Neuro
मन्त्री परिषदको बैठक भोली बस्ने

काठमाण्डौं १७ कात्तिक । आइतबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक भोली (सोमबार) बिहान ११ बजेका लागि तय भएको छ । वन तथा वातवरणमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार बैठक स्थगित भएको हो ।

cura insider

अपरान्ह ५ बजेका लागि बोलाइएको बैठकलाई साढे ६ बजेको लागि सारिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक सारेर नेकपाको सचिवालय बैठक बोलाए । साँझ ५ बजेदेखि बसेको नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुुखका विषयमा सहमति जुटाउन नसकेपछि मन्त्रिपरिषदको बैठक स्थगित भएको हो ।

मन्त्रिपरिषद्ले सातैवटा प्रदेशमा प्रमुखहरुको नियुक्ति गर्ने एजेण्डा भएपनि नाममा सहमति हुन नसक्दा मन्त्रिपरिषदको बैठक सारिएको हो ।

jackson ribon