fbpx

जति धेरै सन्तान, उति ठुलो मेडल

विराटनगर १७ कात्तिक । विश्वका धेरै देशले कम बच्चा जन्माउन प्रोत्साहन गर्दै आएको त थाहै होला तर विश्वमा केही यस्ता देशहरुपनि छन् जसले धेरै बच्चा जन्माउन प्रोत्साहन गर्दै मेडल र पुरस्कारसमेत दिँदै आएका छन् । कजाखस्तान धेरै बच्चा जन्माउन प्रोत्साहन गर्ने देशहरुमा अग्रपंक्तिमा आउँछ ।

कजाखस्तानमा ठुलो परिवारलाई बढवा दिन धेरै बच्चा जन्माउने आमालाई हिरो मदर्सको मेडल बाड्ने गर्छ । ६ जना बच्चा जन्माए रजत, ७ वटा वा सो भन्दा बढी जन्माए स्वर्ण पदक दिने गरिन्छ । यस्ता पदक पाउने आमालाई सरकारले आजीवन भत्ता दिने गरेको छ ।

आमाहरुले पनि यस्ता मेडलहरु जतनका साथ गर्वले सबैले देख्ने गरि झुण्ड्याउने गर्छन् । ठुलो परिवार सबैले मिलेर खाना खाने यहाँको परम्परा नै हो । यद्यपी मेडल नपाउने आमाहरुले पनि सरकारबाट आर्थिक सहायता भने पाउने गरेका छन् । तर कम्तिमा पनि ४ जना सन्तान भने भत्ताको लागि अनिवार्य छ ।

छोराछोरी २१ वर्षको हुन्जेलसम्म ती आमाले भत्ता पाउँछन् । कजाखस्तनको श्रम तथा सामाजिक कार्यक्रम विभागकी अक्सान एलुसेजोवले सरकारको नीति नै देशमा धेरै बच्चा बनाउने रहेको बताइन् ।

यो परम्परा भने सोभियत संघको समयबाट सुरु भएको हो । १९४४ सन्बाट मदर हिरोइन् पुरस्कार दिन सुरु गरिएको थियो । १० भन्दा धेरै बच्चा हुने आमालाई यस्तो पुरस्कार दिइन्थो । अब भने कजाखस्तनमा थोरैमा ४ जना सन्तान हुन अनिवार्य छ । ४ जना भन्दा कम सन्तान हुने आमाले भने सरकारबाट यस्तो भत्ता पाउँदिनन् । सरकारले दिएको भत्ताले दैनिकी चलाउन सहज हुने आमाहरुको भनाई छ ।

Loading...