birat ribon

सुनकोशीमा बस खस्दा मृत्यु हुनेको संख्या १७ पुग्यो

Neuro
सुनकोशीमा बस खस्दा मृत्यु हुनेको संख्या १७ पुग्यो

सिन्धुपाल्चोक १७ कात्तिक । सिन्धुपाल्चोकको सुकुटेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । बस दुर्घटनाको कारण भने चालकको लापरबाही भएको प्रहरीले जनाएको छ ।

cura insider

घुम्ती र साँघुरो स्थानमा पनि तीब्र गतिमा बस चलाएको कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोकले प्रारम्भिक निष्कर्ष निकालेको हो । तर प्रहरीले चालकको बयान लिएको भने छैन् ।

दुर्घटनामा परेको बसको चालकलाई पनि रक्ताम्मे अवस्थामा उद्दार गरिएको थियो । उनलाई पनि उपचार गरिँदै छ । बा २ ख ७२४५ नम्बरको बसमा सिन्धुपाल्चोकको सुकुटेमा सुनकोशी नदीमा डुबेर दुर्घटना भएको हो । बस केही समय अघि बिग्रिएको थियो । पछि बनाएर चलाएको ५ मिनेट पनि नहुँदै दुर्घटनामा परेको हो ।

jackson ribon