fbpx

पोखरीमा डुबेर बालकको मृत्यु

मोरङ १७ कात्तिक । मोरङको कटहरी गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कटहरी २ का कृष्ण मण्डलका ४ वर्षीय छोरा काले मण्डलको पोखरीमा डुबेर मृत्यु भएको हो ।

धनपालथान गाउँपालिका ७ मा रहेको फुपुको घरमा बसेका बालक आइतबार दिउँसो ३ बजे खेल्ने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेर सिकिस्त भएका थिए । उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । उनको उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

Loading...