birat ribon

सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको संख्या १४ पुग्यो

Neuro
सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको संख्या १४ पुग्यो

काठमाडौं १७ कात्तिक । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

cura insider

सिन्धुपाल्चोकको सुकुटेमा दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा सडकबाट करिब ५ सय मिटर तल सुनकोशी नदीमा खसेको हो । बस नदीमा खस्दा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका छन् । दुर्घटनामा परी ४७ जना घाइते भएको उनीहरुको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अझैपनि उद्दारकै क्रममा रहेकाले मृतक र घाइतेको संख्या थपघट हुन सक्ने प्रहरीले जनाएको छ । नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उद्दार तथा खोजी गरिरहेका छन् ।

jackson ribon