birat ribon

महराको थुनछेक बहस हेर्दाहेर्दैमा

Neuro
महराको थुनछेक बहस हेर्दाहेर्दैमा

काठमाडौं १७ कात्तिक । संसदकै कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि सुरु भएको थुनछेक बहस हेर्दा हेर्दैमा राखिएको छ ।

cura insider

जिल्ला अदालत काठमाण्डौमा आइतबार बिहान भएको बहसमा महराका तर्फबाट अधिवक्ता लभप्रसाद मैनाली र भोजराज आचार्यले बहस गरे । महराको मुद्दामाथि वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, अधिवक्ताहरु मुरारी सापकोटा, चन्द्र गुरागाईँ लगायत ३५ जनाले वकालतनामा भरेका छन् । वकालत गर्नेहरु धेरै भएकाले आइतबार बहस नसकिएपछि सोमबार बिहान ११ बजे फेरि बहस हुनेगरी मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।

गएको शुक्रबार महरालाई अदालतले बन्द इजलासमा बयान लिएको थियो । महरामाथि संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरिको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । थुनछेक बहस सकिएपछि अदालतले महरालाई साधारण तारेखमा रिहा गर्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्ने मध्ये एक आदेश दिने छ ।

jackson ribon