fbpx

सातवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं, १७ कात्तिक । सात प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्न गरेकाे सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि सातवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका हुन् ।

वि.स. २०७४ साल माघ ३ गते तत्कालिन मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नै सात प्रदेशका प्रदेश प्रमुखहरू नियुक्त गरेकी थिइन् ।

प्रदेश १ मा गोविन्द  तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त  भएका थिए  ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले कांग्रेस र मधेसवादी दुई दलकाे भागवण्डाका आधारमा प्रदेश प्रमुखहरु तोकेका थिए । फोरम र राजपाको सिफारिसमा १–१ जना प्रदेश प्रमुख नियुक्त गरि कांग्रेसबाट ५ जनाले नियुक्ति पाएका थिए ।

आइतबारको मन्त्रिपरिषद बैठकले सिफारसि गरे लगत्तै राष्टपतिले सिफारिस अनुमोदन गरेपछि आजबाटै प्रदेश प्रमुखहरू पदमुक्त भएका हुन् । सरकारले अब नयाँ प्रदेश प्रमुखहरू नियुक्त गर्नेछ ।

प्रदेश १ को प्रमुख भएका सुब्बा कांग्रेस निकटक हुन् । प्रदेश २ को प्रमुख बनेका रत्नेश्वरलाल कायस्थ तत्कालिन संघीय फोरमका नेता हुन् । प्रदेश ३ प्रमुख अनुराधा कोइराला कांग्रेस निकट हुन् ।

प्रदेश ४ को प्रमुख बाबुराम कुँवर कांग्रेस निकट हुन् । प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा राजपा निकट हुन । प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनाल र ७ का प्रमुख मेघराज मल्ल कांग्रेस निकट हुन ।

Loading...