fbpx

भारतबाट रासायनिक मल तस्करी, दश बोरा पोटास बरामद

विराटनगर, १७ कात्तिक । भारतबाट मल तस्करी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले १० बोरा पोटास बरामद गरेको छ । आइतबार मोरङको अमरदहबाट पथरीतर्फ आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा ५० केजी दरका १० बोरा पोटास बरामद भएको हो ।

अमरदहबाट पथरीतर्फ आउँदै गरेको को१ख ३७३० नम्बरको बस चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय पथरीले ५० केजी दरका १० बोरा पोटास बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । बरामद मल ५०० केजी छ ।

Loading...