fbpx

नेपालमा रिलिज नहुँदै अमेरिकामा प्रिमियर हुने भुवनको ‘मिस्टर नेपाली’

विराटनगर, १७ कात्तिक । अभिनेता भुवन केसी र रीमा विश्वकर्माको मुख्य भूमिका रहेको फिल्म ‘मिस्टर नेपाली’ नेपालअघि अमेरिकामा प्रिमियर हुने भएको छ । कात्तिक २९ गतेबाट नेपालभर प्रदर्शन हुन लागेको फिल्मको नोभेम्बर १० र १२ (कात्तिक २४ र २६) मा अमेरिकामा प्रिमियर हुने फिल्मका निर्माता प्रेमराज दाहालले जानकारी दिएका छन् ।

फिल्मको हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोड, अमेरिकाको वाल्टर्न बीएलभीडी, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्निया, १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा फिल्मको प्रिमियर हुने निर्माता दाहालले जानकारी दिए ।

फिल्मले विदेशमा बसेका नेपालीहरूको नेपालप्रतिको मायालाई देखाइएको छ । देव भुषालको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा भुवन एक छोरा र पिताको गरेर भुवनको दुई भूमिका निर्वाह गरेका छन् । ति दुई भूमिकामध्ये एउटा भने भिलेनको भूमिका रहेको छ ।

फिल्ममा भूवन र रिमाका साथै सरोज खनाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तवको साथमा नव कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेको छ । फिल्मको लेखन तथा निर्देशन देवनारायण भुसालले गरेका हुन् । प्रेमराज दाहालको लगानीमा निर्माण भएको फिल्मलाई निरज कँडेलले छायांकन गरेका हुन् ।

जीवन थापाको सम्पादन रहेको फिल्मका गीतहरुमा दीपक शर्मा र सुभाष भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ’मिस्टर नेपाली’ मार्फत भुवनले ७ वर्षपछि अभिनयमा कमव्यक गरेका छन् ।

Loading...