fbpx

करणी प्रयासको आरोपमा बेलबारीका एक युवक पक्राउ

विराटनगर, १७ कात्तिक । मोरङको बेलबारीमा महिलालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो मोरङ बेलबारी नगरपालिका वडा– ७ बाहुनीका २२ वर्षीय वीरेन्द्र उराउलाई प्रहरीले पक्राउ गरेको हो । उराउले सोही स्थानमा रहेको कृषि फर्ममा काम गर्ने महिलामाथि जवरजस्ती करणी गर्ने प्रयास गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका उराउमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...