fbpx

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक बैठक

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका छन् । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकपछि ओलीले पुनः आइतबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै डेढ घण्टा बसेको थियो । बैठकमा नेपाल मेडिकल काउन्सिल अध्यक्ष र त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्ति गर्ने निर्णय गरेको थियो ।

त्यसको केही घण्टापछि प्रधानमन्त्री ओलीले आजै साँझका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् ।

Loading...