birat ribon

मेस्सी र रोनाल्डो असाधारण खेलाडी हुन् : माने

Neuro
मेस्सी र रोनाल्डो असाधारण खेलाडी हुन् : माने

एजेन्सी, १७ कात्तिक । लिभरपुलका स्टार खेलाडी साडियो मानेले फुटबल जगतका २ स्टारहरू लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको विषयमा कुरा गरेका छन् । एल‘इक्युपे डी सोइर नामक मिडियासँग बोल्दै मानेले मेस्सी र रोनाल्डो असाधारण खेलाडी भएको बताएका छन् ।

aa

cura insider

साडियो माने मेस्सी र रोनाल्डोसँगै २०१९ को बालोन डी‘ओरको मनोनयनमा परेका छन् । ३० खेलाडीको सूचीमा परेका उनले बालोन डी‘ओरका प्रतिस्पर्धीद्वय मेस्सी र रोनाल्डोको विषयमा बोल्दै उनीहरू असाधारण खेलाडी भएको बताए ।

उनले भने, ‘मेस्सी र रोनाल्डो असाधारण खेलाडी हुन् । उनीहरूले लामो समयदेखि फुटबल जगतलाई आफ्नो पक्षमा राखेका छन् । मेरो विचारमा म उनीहरूदखि अझै पनि टाढा छु ।’

यसैगरी मानेले बालोन डी‘ओर आफ्नो सानैदेखिको सपना भएको पनि बताएका छन् । ‘मैले अगाडिदेखि नै भन्दै आएको छु कि म उनीहरू जस्तै बन्न लागि जे पनि गर्न तयार छु,’ उनले थपे, ‘साँच्चै भन्नुपर्दा बालोन डी‘ओर मेरो बच्चै देखिको सपना हो । र, यसको मनोनयनमा पर्नु भाग्यको कुरा हो ।’

jackson ribon