fbpx

शरीरको अनावश्यक तौल घटाउनका लागि सुप

विराटनगर, १७ कात्तिक । विभिन्न तरकारी तथा गेडागुडीलाई मिसाएर बनाइएको सुप पिउँदा मानिस स्वस्थ हुन्छ भन्ने अधिकांश मानिसहरूलाई थाहा भएको कुरा हो । तर, सुपले शरीरलाई स्वास्थ्य बनाउनुका साथै यसका अरु फाइदाहरूका बारेमा जानकारी भयो भने सबैजना निरन्तर रूपमा सुप पिउन थाल्छन् । अनुसन्धानकर्ताहरूले सुप पिउँदा शरीरको तौल धेरै छिटो घट्ने बताएका छन् ।

डेनमार्कको अस्टियोअर्थराइटिसका १ सय ५३ जना मानिसलाई सहभागी गराएर गरिएको अध्ययनमा ती व्यक्तिहरूलाई १६ हप्तासम्म कम क्यालोरी भएको झोलयुक्त तरकारीको सुप दिइएको थियो । जसबाट सहभागी भएको मानिसहरूमा १३ प्रतिशतसम्म तौल घटेको थियो । यो प्रक्रियालाई तीन वर्षसम्म निरन्तरता दिँदा ६९ प्रतिशत तौल कम भएको देखियो ।

शरीरको तौल घटाउनका लागि कम क्यालोरी भएका तरल खानेकुराले धेरै सहयोग पुर्याउने गर्छ । शरीरको तौल बढेको महसुस भएपछि कम क्यालोरीयुक्त सुप पिउन सुरु गरेमा निकै फाइदा पुग्ने देखिन्छ । ८ सय क्यालोरीको सुपलाई प्रतिदिन पिउँदा चार महिनामा १० प्रतिशतसम्म तौल कम हुने गर्छ ।

नियमित रूपमा सुपको सेवनले लगातार तौल घट्दै जाँदा ६९ प्रतिशतसम्म कम भएमा सुप पिउन रोक्नुपर्छ । शरीरको अनावश्यक बोसो पग्लिएर तौल घटेपछि रक्तचाप, कोलेस्ट्रोलहरू सन्तुलनमा आउदा अनेकौँ रोगहरू हराउने हुँदा शरीर र मस्तिष्क स्वस्थ हुन्छ ।

Loading...