fbpx

काउन्सिल अध्यक्षमा डा. कोइराला नियुक्त

काठमाडौं, १७ कात्तिक । नेपाल मेडिकल काउन्सिल अध्यक्षमा डाक्टर भगवान कोइराला नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको अध्यक्ष पदमा डाक्टर कोइरालालाई नियुक्त गरेको हो ।

गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बनाउन भूमिका खेलेका डाक्टर कोइरालाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टरमा काम गरेका थिए । सरकारले भने अध्यक्ष नियुक्ती गरेको विषयलाई सार्वजनिक गरेको छैन् । सरकारले प्रत्येक बिहीबार मन्त्रिपरिषद बैठककले निर्णय सार्वजनिक गर्ने छ ।

Loading...