fbpx

पढेर सुत्नु मस्तिष्कका लागि निकै फाइदाजनक

विराटनगर, १७ कात्तिक । कहिलेकाँही केही कुरा याद हुँदाहुँदै पनि बिर्सिने गरेको हुन सक्छ । कसैको अनुहार, कसैको नाम, तथा आफैँले राखेको सामानसमेत कता राखेको आफैँलाई याद हुँदैन । हाम्रो मस्तिष्कको स्मरण शक्ति कमजोर भएका कारणले गर्दा यस्तो भएको मानिन्छ । मानिसको उमेर बढेसंगै दिमागको सोच्ने तथा काम गर्ने क्षमता घट्दै जाने हुन्छ ।

कतिपय कुराहरू त जति सोचे पनि कहिले पनि याद आउँदैन । तर, हामीले उमेर बढेपनि हाम्रो स्मरण शक्तिलाई उस्तै ताजा बनाउन सक्छौँ । यसका लागि पर्याप्त निन्द्रा, समयमा सन्तुलित आहारका साथै ब्यायामले एकदम महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । तर, यी कुराका साथ साथै दैनिक रूपमा केही नयाँ पढ्ने गर्दा मात्र पनि मस्तिष्कलाई राम्रो अभ्यास भइरहेको हुन्छ ।

यसरी भएको मस्तिष्कको अभ्यासले मस्तिष्कका दुई कोशिकालाई जोड्न मद्दत गर्छ । हरेक राति केही पढेर सुत्दा यसले दुई कोशिकाको सम्पर्कलाई अझ बलियो बनाएर पढेको कुरालाई लामो समयसम्म याद राखिरहन मद्दत गर्छ । त्यसैले पनि निद्रा केही कुरा याद गर्न, सम्झनका लागि र दिमागका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

सकारात्मक अनुभवसँग सुत्दा दिमागलाई निकै फाइदा पुग्ने गर्छ । त्यसैले पनि सुत्नुभन्दा अगाडि नचाहिने फिल्म तथा भूतका कथाहरू पढ्ने गर्नु हुँदैन । लामो समयसम्म निकै धेरै तनाव हुँदा दिमागमा नकारात्मक असर पर्छ । त्यसैले हरेक दिन नयाँ कुरा पढ्ने गर्दा नियमित तनाव बिर्सएर दिमागलाई आरामसमेत पुग्ने गर्छ ।

Loading...