birat ribon

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप : नेपाल पुलिस र झापा ११ बीचको खेल सुरु (प्रत्यक्ष प्रसारण)

Neuro
अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप : नेपाल पुलिस र झापा ११ बीचको खेल सुरु (प्रत्यक्ष प्रसारण)

विर्तामोड, १७ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा नेपाल पुलिस क्लब र झापा ११ बीचको खेल सुरु भएको छ । विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो खेलअन्तर्गत नेपाल पुलिस क्लब र झापा ११ बीचको खेल सुरु भएको हो ।

cura insider

आजको खेलमा बिजयी टोलीले सेमिफाइनल प्रवेशका लागि सशस्त्र प्रहरीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । जायन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जायोन स्पोट्र्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतीय क्लब सिक्किम आक्रामक क्वार्टरफाइनल प्रवेश गरेको थियो ।

सिक्किमले सेमिफाइनल प्रवेशका लागि सोमबार संकटा क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कोशी अनलाइनले गरिरहेको छ ।

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६, विर्तामोड झापा,झापा ११ बिरुद्ध नेपाल पुलिस क्लब 2nd हाफको खेल

Posted by Koshi Online on Sunday, November 3, 2019

jackson ribon