fbpx

सिन्धुपाल्चोक दुर्घटना अपडेड : ६ जनाको शव फेला

सिन्धुपाल्चोक, १७ कात्तिक । दोलखाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

aa

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बा२ख ७२७५ नम्बरको बस सडकबाट नदीमा खसेको हो । चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटेस्थित अरनीको राजमार्गबाट दिउँसो सवा एक बजे बस खसेको हो । डिएसपी काफ्लेका अनुसार ३ महिला, एक बालक र २ पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार बसमा कति यात्री थिए भन्ने विवरण आएको छैन । उद्धार गर्न प्रहरी घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । बसका चालक धनबहादुर तामाङलाई प्रहरीले उद्धार गरेको छ । थप विवरण आउन बाँकी छ । प्रत्यक्षदर्शीका अनुसार नदीले धेरै यात्रुलाई बगाएको छ ।

Loading...