fbpx

काठमाडौं जाँदै गरेको बस सुनकोशीमा खस्यो

सिन्धुपाल्चोक, १७ कात्तिक । दोलखाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटे नजिकैबाट सुनकोसी नदीमा खसेको हो ।

aa

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बा२ख ७२७५ नम्बरको बस सडकबाट नदीमा खसेको हो । प्रहरीका अनुसार बसमा कति यात्री थिए भन्ने विवरण आएको छैन । उद्धार गर्न प्रहरी घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । बसका चालक धनबहादुर तामाङलाई प्रहरीले उद्धार गरेको छ । थप विवरण आउन बाँकी छ ।

aa

Loading...