birat ribon

सिरी ‘ए’मा लुकाकु र रोनाल्डोको कीर्तिमानी बराबरी

Neuro
सिरी ‘ए’मा लुकाकु र रोनाल्डोको कीर्तिमानी बराबरी

एजेन्सी, १७ कात्तिक । इटालियन सिरी ‘ए’ अन्तर्गत इन्टर मिलानले आफ्नो नवौं जित दर्ता गर्‍यो। शनिबार भएको खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको इन्टरले बोलोग्नाविरुद्ध २–० गोलको जित निकालेको थियो ।

cura insider

aa

बोलोग्नाको घरेलु मैदानमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले २ गोल गरेका थिए । उनले खेलको ७५औं मिनेटमा र इन्जुरी समयमा एक–एक गोल गर्दै इन्टरलाई थप ३ अंक दिए । यसै सिजन इन्टर पुगेका लुकाकुको यो सिरी ‘ए’ मा नवौं गोल थियो । यस गोलसँगै लुकाकुले लिजेन्ड खेलाडी रोनाल्डोको कीर्तिमानीसँग बराबरी गरेका छन् ।

बेल्जियमका स्टार लुकाकुले ब्राजिलियन लिजेन्ड रोनाल्डोको कीर्तिमानीसँग बराबरी गरेका हुन् । म्यानचेष्टर युनाइटेड तथा चेल्सीका पूर्वखेलाडी लुकाुक ११ खेल खेल्दा ९ गोल गरेका छन् । इन्टरबाट पहिलो सिजननै ९ गोल गर्दै उनले ब्राजिलियन स्टार रोनाल्डोको कीर्तिमानी भेट्टाएका हुन् । रोनाल्डोले सन् १९९७–९८ को सिजनमा इन्टर गएर ११ खेलमा ९ गोल गरेका थिए । उक्त सिजन रोनाल्डोले ३४ खेलबाट २५ गोल गरेका थिए ।

jackson ribon