fbpx

देउवाको अपमान गरेको भन्दै ‘घामड शेरे’ चल्न नदिने नेविसंघको चेतावनी

विराटनगर, १७ कात्तिक । शनिबार फिल्म ‘घामड शेरे’ को पोष्टर र नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाको फोटोसँगै राखेर फेसबुक पेजमा पोष्ट गरेपछि विवादमा मुछिएका कलाकार तथा निर्देशक आसिफ साहले माफी मागेका छन् ।

उनले सार्वजनिक गरेको पोष्टलाई लिएर काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै विरोध गर्दै नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले फिल्म ‘घामड शेरे’ सुदुरपश्चिमका कुनै पनि हलमा चल्न नदिने भन्दै एक स्टाटस लेखेका छन् ।

aa

सभापति कपिलले कलाकार जगतको कलङ्क आसिफ शाहले सार्वजनिक रुपमा आममाफी माग्नुपर्छ’ ‘होइन भने सुदुर पश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने छैन र सुप प्रवेशमा त्यस्ता कलंकलाई पूर्ण निषेध गरिनेछ । जय नेपाल ।’ भनेर लेखेका छन् ।

विरोधपछि शाहले पुरानो पोस्ट दिलित गर्दै अर्काे एक स्टाटस लेखेर आफ्नो अघिल्लो पोष्टबारे स्पष्टिकरण दिएका छन् । उनले आफूले कोही व्याक्ति वा संस्थाको भावनामा चोट पु¥याउन नचाहेको, आफू कुनै राजनीतिक दलसँग नजोडिएको तथा ‘हल्का ठट्यौली’ मात्र गरेको हुँदा तपाईंहरुलाई चोट पर्न गएकाले माफी मागेका छन् ।

रियललाइफ जोडी निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘घामड शेरे’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो । फिल्ममा आसिफको कुनै पनि भूमिका भने रहेको छैन । हेमराज बिसीको निर्देशन रहेको फिल्म सुदुरपश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने वा नदिने विषयमा कुनै खवर सार्वजनिक भएको छैन ।

Loading...