fbpx

बालुवाटारमा मन्त्रिपरिषद बैठक

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि मन्त्रिपरिषद् बैठक बसेको छ ।

आइतबार बिहान तेस्रोपटक डायलासिस गराउन ग्रान्डी अस्पताल गएका ओली फर्किएपछि १२ बजेबाट मन्त्रीपरिषद् बैठक सुरु भएको हो । त्यसअघि ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, उनी फर्किन ढिलो भएपछि १२ बजेबाट बैठक सुरु भएको हो ।

बुधबार र बिहीबार प्रधानमन्त्री ओलीले ग्रान्डीमा दुई पटक डायलासिस गराइसकेका छन् । ग्रान्डीमा गरिएका स्वास्थ्य जाँचका केही रिपोर्ट आउन बाँकी रहेको र सबै रिर्पाेट आएपछि पुनः मृगौला प्रत्यारोपण गर्ने कि डायलासिस नै गर्ने भन्ने टुंगो लाग्ने प्रधानमन्त्री ओलीले शनिवार नेकपाको सचिवालयको बैठकमा जानकारी गराएका थिए ।

Loading...