fbpx

यस्तो छ बायाँ हातले लेख्नुको कारण

विराटनगर, १७ कात्तिक । धेरैजसो मानिसहरू दायाँ हातको प्रयोग गरेर लेख्ने तथा काम गर्ने गर्छन् । भनिन्छ, बायाँतर्फको दिमागले दायाँ हातको नियन्त्रण र दायाँ भागको दिमागले बायाँ हातलाई नियन्त्रणमा राखेको हुन्छ । विश्वमा केही मानिसहरु आफ्नो बायाँ हातले लेख्ने तथा काम गर्ने गर्छन् ।

औसतमा ४० प्रतिशत मानिस बायाँ कानको, ३० प्रतिशत मानिस बायाँ आँखाको र २० प्रतिशत मानिस बायाँ खुट्टाको प्रयोग गर्छन् । तर, हातको कुरा गर्ने हो भने जम्मा १० प्रतिशत मानिसले मात्र बायाँ हातको बढी प्रयोग गर्छन् । विश्वमा दश जनामा एकजनाले आफ्नो देब्रे हात प्रयोग गरेर काम गर्ने गरेको पाइएको छ ।

aa

बेलायती वैज्ञानिकहरूले चार लाख मानिसहरूलाई सम्मिलित गराइएको एक शोधमा ३८ हजारमात्रै लेफ्ट ह्यान्डेड अर्थात् बायाँ हात प्रयोग गर्नेहरू थिए । यसबाट वैज्ञानिकहरूले कुन व्यक्तिले कुन हातले काम गर्छ भन्ने कुरा जीनमा आधारित हुने निष्कर्ष निकाल्न सफल भएका थिए । मानिसहरूको डिएनएमा पाइने एक प्रकारको जीनले मानिसहरूलाई बायाँ हातले लेख्ने बनाउँछ । यसले मानिसको मस्तिष्कको बनावट तथा उसले काम गर्ने तरिका एवं भाषाको क्षमतामा समेत विभिन्न असर पु¥याउने पाइएको छ ।

युनिभर्सिटी कलेज अफ लण्डनका प्राध्यापक तथा मनोवैज्ञानिक क्रिस म्यामेन्सका अनुसार बायाँ हातको प्रयोग गर्ने मानिस बढी समझदार हुनुका साथै उनीहरूमा मानिसहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता बढी हुन्छ । त्यस्तै, अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार बायाँ हातले काम गर्ने तथा लेख्ने मानिसहरू आफ्नो बोलाइ तथा अन्य विषयमा पनि अझ राम्रो पर्फमेन्स गर्न सक्ने खालका हुन्छन् ।

दायाँ हात प्रयोग गर्ने मानिसहरूको तुलनामा बायाँ हात प्रयोग गर्नेहरू स्किजोफ्रेनिया (छारे रोग) तथा डाउन्स सिन्ड्रोमसंग जोडिएको हुने वा ग्रसित हुने पनि बताइएको छ । तर, अझै पनि कतिपय प्रश्नहरूको जवाफ आउनै बाँकी छ र यस विषयमा लामो बहस चलिरहेकै छ ।

Loading...