fbpx

सलमानले सुरु गरे ‘राधे’को छायांकन

विराटनगर, १७ कात्तिक । बलिउडका चर्चित अभिनेता सलमान खान अहिले आफ्नो नयाँ फिल्म ‘दबंग ३’को प्रचार प्रसारमा व्यस्त छन् । सलमानले डिसेम्बरमा रिलिज हुन लागेको फिल्म ‘दबंग ३’को रिलिजअगावै ‘राधे’को केही भाग सुटिङ गर्ने भएका हुन् ।

फिल्मको प्रचारका साथै सलमानले सन् २०२० को इदमा रिलिज गर्ने भनिएको फिल्म ‘राधे’को शुभसाइत गरी मुम्बाईबाट छायांकन सुरु गरिएको छ । फिल्मको छायांकन सुरु भएको खबरलाई सलमान आफैँले आफ्नो औपचारिक सामाजिक सञ्जालबाट खुलाएका हुन् ।

फिल्ममा सलमानको साथमा नायिका दिशा पटानी र अभिनेता रंदिप हुडाको मुख्य भूमिका रहने भएको छ । फिल्मको शुभसाइत समारोहमा दिशा र रंदिपका साथ सोहेल खान, ज्याकी श्राफ, प्रभु देवाको पनि उपस्थिती रहेको थियो । ‘इन्डियाज मस्ट वान्टेड कपः राधे’लाई प्रभु देवाले निर्देशन गर्दैछन् । ‘राधे’ २०१७ मा प्रदर्शनमा आएको कोरियन फिल्म ‘द आउटलज’ को रिमेक हो ।

फिल्मलाई हिन्दीमा रिमेक गर्नका लागि यसको राइट्स किनेर दर्शकको रोजाइअनुसार निर्माण गरिने भएको छ । फिल्मको स्किृप्ट सलमानका बुबा सलीम खानले लेखेका हुन् । ‘वान्टेड’ र ’दबंग ३’ पछि निर्देशक प्रभु र सलमान ले तेस्रो पटक संगै कम गरेका हुन् । फिल्म सन् २०२० को ईदमा रिलिज हुने सम्भावना धेरै रहेको देखिन्छ ।

Loading...