fbpx

अध्ययनको निष्कर्ष : करेन्ट लाग्दा दिमाग तेज हुने

विराटनगर, १७ कात्तिक । करेन्ट लाग्दा मानिसको मस्तिष्क तेज हुन्छ । एक अध्ययनले मानिसलाई अलिकति करेन्ट लाग्दा हुने झट्काका कारण मस्तिष्क तेज हुने निष्कर्ष निकालेको हो । विद्युतको स्विच अन गर्दा मात्र पनि मानिसको मस्तिष्कलाई निकै धेरै फाइदा पुग्ने उक्त अध्ययनले दाबी गरेको छ ।

जर्मनीको फ्रिबर्ग विश्वविद्यालयका शोधार्थी एलिजावेब हर्नस्टिन र उनका सहयोगीहरूले गरेको उक्त अध्ययनबाट यतिमात्र नभएर यसले मानिसहरूमा सिर्जनशीलता पनि बढाउने अनुमान गरिएको छ । बिजुलीको स्विच अन गर्दा दिमागमा बिजुलीको सानो झट्का पुग्ने हुनाले यसले मस्तिष्कमा निकै फाइदा हुने उक्त शोधले निष्कर्ष निकालेको छ ।

ब्रेन स्टिमुलेसन नामको पत्रिकामा प्रकाशित गरिएको शोधका अनुसार केही विद्यार्थीमा गरिएको टेस्टको नतिजा निकै राम्रो रहेको निष्कर्ष उल्लेख गरिएको छ । विभिन्न न्युरोसाइन्टिस्टहरूले पनि अध्ययनको निष्कर्षलाई सकारात्मक रूपमा लिएका छन् । शरीर तथा मस्तिष्कमा झट्का लाग्दा वा करेन्ट लाग्दा दिमागको कोशिकालाई सकारात्मक असर पर्न गइ दिमागको सोच्ने शक्ति बढ्न सक्ने उनीहरूले बताए ।

Loading...