birat ribon

मैत्रीपूर्ण खेलका लागि म्यानमार जाँदै नेपाली टोली

Neuro
मैत्रीपूर्ण खेलका लागि म्यानमार जाँदै नेपाली टोली

काठमाडौं, १६ कात्तिक । म्यानमारसँग हुन लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय टोली म्यानमार प्रस्थान गर्ने भएको छ । कात्तिक २१ गते म्यानमारसँग उसैको मैदानमा हुन लागेको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय टोली आज दिउँसो म्यानमार प्रस्थान गर्ने भएको हो ।

cura insider

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार म्यानमार जाने टिमको बिदाइ गरेको छ । नेपाली टोलीलाई एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिदाइ गरेका छन् । सन् २०२२ को कतार फिफा विश्वकप छनोटअन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेलअघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

म्यानमारविरुद्ध खेल्ने टिममा भरत खवासले पनि स्थान बनाएका छन् । गत मार्चमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलपछि टोलीबाहिर रहेका भरतले म्यानमारसँगको खेलबाट पुनरागमन गरेका हुन् । यस्तै भरतसँगै गोलकिपर एलेन न्यौपाने पनि टोलीमा फर्किएका छन् । तर, टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ भने टोलीमा परेनन् । किरण भारतीय आइलिगको तयारीमा छन् । यस्तै पर्सिजा जकार्ताबाट इन्डोनेसियाको लिगमा व्यस्त रहेका मिडफिल्डर रोहित चन्द पनि टोलीमा परेनन् ।

नेपाली टोलीको गोलकिपरतर्फ विकेश कुथु, विशाल श्रेष्ठ र एलेन न्यौपाने रहेका छन् भने डिफेन्डरतर्फ सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

यस्तै मिडफिल्डमा सुनिल बाल, रवी पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्चेन तामाङ रहँदा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

jackson ribon