fbpx

सर्‍यो सौगातको ‘माछा माछा’ (भिडियोसहित)

विराटनगर, १७ कात्तिक । चर्चित अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘माछा माछा’को रिलिज मिति सरेको छ । कात्तिक २९ गतेबाट रिलिज हुने पक्का भएको फिल्मलाई निर्माण टिमले अब आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा ल्याउने भएको छ ।

हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’का कारण फिल्मको रिलिज मिति सरेको अनुमान लगाइएको छ । कात्तिक २२ देखि रिलिज हुने फिल्मले हल कब्जा गर्ने देखेपछि निर्माण टिमले ‘माछा माछा’ को प्रदर्शन मिति तीन हप्ता पछाडी सारेको हो ।

फिल्मको रिलिज डेट सरेपछि कात्तिक २९ मा रिलिज हुन लागेको भूवन केसी अभिनित फिल्म ‘मिस्टर नेपाली’ले सोलो रिलिजको अवसर पाएको छ । सुनिल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘माछा माछा’मा मुख्य भूमिका निभाएका अभिनेता सौगातका साथ, बिजय अनोजको र माओत्से गुरुङका साथ फिल्म गाँठोबाट डेब्यु गरेकी अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका र सृष्टि श्रेष्ठको विशेष भूमिका रहेको छ ।

तीन जना गाउँले युवकहरू सहरमा आएर आफूलाई स्थापित गराउनका लागि गरेको संघर्षको कथामा आधारित रहेको फिल्ममा यी ४ कलाकारका साथ प्रवीण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल र पुष्करलगायतको पनि अभिनय रहेको छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा रहेर निर्माण भएको फिल्मलाई शिवराम श्रेष्ठले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा छायांकन गरेका हुन् । रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचंद्र रौनियारको संयुक्त लगानी रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन रअनुपम शर्माको संगीत रहेको छ ।

Loading...