birat ribon

हामीले बार्सिलोनालाई उछिन्ने अवसर गुमायौं : रियलका कप्तान रामोस

Neuro
हामीले बार्सिलोनालाई उछिन्ने अवसर गुमायौं : रियलका कप्तान रामोस

एजेन्सी, १७ कात्तिक । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले आफूहरूले प्रतिद्वन्द्वी क्लब बार्सिलोनालाई उछिन्ने मौका गुमाएको बताएका छन् । ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएपछि आफूहरूले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको बताएका हुन् ।

cura insider

aa

शनिबार राति आफ्नो एघारौं खेल खेलेको रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको थियो । आफ्नै घरेलु मैदानमा भएको उक्त खेलमा बराबरीमा रोकिएपछि उसले शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

हाल ऊ २२ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनासँग पनि समान २२ अंक नै छ । बार्सिलोना गोलान्तरको आधारमा शीर्ष स्थानमा छ । यदि, रियलले बेटिसविरुद्धको खेल जितेको थियो भने उसले २४ अंक बनाउँदै शीर्ष स्थान कब्जा गर्ने थियो । र बार्सिलोनलाई उछिन्न सफल हुनेथियो ।

खेलपछि बोल्दै रामोसले भने, ‘फुटबलमा नहुने केही छैन । आज लेभान्टेले बार्सिलोनालाई हराएको थियो । तपाईं कुनै पनि खेल जित्ने लक्ष्य राख्न सक्नुहुन्न, जब तपाईंको विरुद्धमा कसैले खेल्दैछ । हाम्रो लिग विश्वकै उत्कृष्ट लिग हो । यहाँबाट खेल्न पाउनु भाग्यको कुरा हो र हामी यहाँबाट उत्कृष्ट प्रदर्शन गर्ने कोशिस गरिरेका छौं ।’

‘नतिजा अर्कै भएको भए आज हामीलाई अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर थियो’, उनले थपे, ‘हामीले सुरुदेखि अन्त्यसम्म नै गोल गर्ने प्रयत्न गर्यौं तर, त्यसो भएन । हामीले यसका लागि धेरै मेहेनत गरेका थियौं । तर, उनीहरूको पनि खेल धेरै राम्रो थियो ।’

jackson ribon