birat ribon

महराविरुद्ध थुनछेक बहस आज

Neuro
महराविरुद्ध थुनछेक बहस आज

काठमाडौं १७ कात्तिक । संसदै कर्मचारी माथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध आइतबार थुनछेक बहस हुँदै छ।

cura insider

बहसबाट प्रमाणलगायतका आधारमा इजलासले थुनछेकको फैसला गर्ने छ । बहसपछि पुर्पक्षमा राख्ने, धरौटी वा साधारण तारेखमा छोड्दै मुद्दाको पुर्पक्ष गर्ने भन्ने इजलासलाई निर्णय लिने छ । इजलासले पुर्पक्षमा राख्ने निर्णय लिए महराले कैद भुक्तान गर्नुपर्दछ भने धरौटी वा साधारण तारेखमा छोडे रिहा हुनेछन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको अभियोगपत्र दर्ता गरेको थियो । सुक्रबार महराको बयान लिइएको छ । उनीविरुद्ध पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग लिइएको छ।

jackson ribon